• ३ असोज २०८३, शनिबार
  • १०ः४३ बिहान

दौडधुपमा छन् सञ्चारमन्त्री, प्रचण्ड भेट्न पुगे हात्तीबन

प्रकाशित मिति

२०८२ पुष ११ गते, शुक्रबार ०१:५५

११ पुस,२०८२ काठमाडौं— सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल आज नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्न उनका निवास हात्तीबन पुगेका छन्। आजभन्दा अघि खरेलले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरी निर्वाचन केन्द्रित छलफल गरिसकेका थिए।

National Life

भेटमा खरेलले फागुन २१ मा हुने निर्वाचनसम्बन्धी तयारी र समसामयिक राजनीतिक विषयमा छलफल भएको जानकारी दिएका छन्। उनले भोलि शनिबार बालुवाटारमा प्रधानमन्त्रीले आयोजना गर्ने तीन दलका शीर्ष नेतासँगको छलफलमा निम्तो दिन पनि प्रचण्डको निवासमा पुगेको जनाइएको छ।

प्रतिकृया