• १ असोज २०८३, बिहीबार
  • ५ः२५ बेलुका

यस्तो छ आजको मौसम पुर्वानुमान

प्रकाशित मिति

२०८२ पुष ११ गते, शुक्रबार ०९:२७

११ पुस,२०८२ काठमाडौं— जल तथा मौसम विज्ञान विभागले देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको जनाएको छ। विभागका अनुसार हाल तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहेको छ।

National Life

तराई क्षेत्रमा हुस्सु तथा कुहिरोका कारण बिहानको समयमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्ने देखिएको भन्दै विभागले दैनिक रूपमा जारी हुने अद्यावधिक मौसमी सूचना लिन आग्रह गरेको छ।

आज दिउँसो तराई भू–भागका धेरै स्थानमा हुस्सु रहने सम्भावना छ। कोशी, मधेश र बागमती प्रदेशका तराई भू–भागमा बिहान केही समय कुहिरो लाग्ने तथा बाँकी तराई क्षेत्रमा मध्यान्नसम्म कुहिरोको सम्भावना रहेको विभागले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यस्तै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ। आज राति तराईका अधिकांश स्थानमा हुस्सु रहने तथा सबै प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।

प्रतिकृया