• १ असोज २०८३, बिहीबार
  • १२ः२१ दिउँसो

छुट्ला है ! रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

प्रकाशित मिति

२०८२ पुष ११ गते, शुक्रबार ०९:१३

११ पुस,२०८२ काठमाडौं— रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज पुस ११ गते अन्तिम दिन रहेको छ। कम्पनीले पुस ७ गतेदेखि आईपीओ निष्कासन गरेको हो।

National Life

कुल ११ लाख ५५ हजार ९६० कित्ता आईपीओमध्ये ५७ हजार ७९८ कित्ता सामूहिक लगानी कोष, १ लाख १५ हजार ५९६ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली र ५७ हजार ७९८ कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ। बाँकी ९ लाख २४ हजार ७६८ कित्ता शेयर सर्वसाधारणका लागि जारी गरिएको हो।

सर्वसाधारणले कम्तीमा ५० कित्ता र बढीमा २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। हालसम्म मागभन्दा बढी आवेदन परिसकेको कम्पनीले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

बुक बिल्डिङ्ग प्रणालीअनुसार संस्थागत लगानीकर्तालाई ७ लाख ७० हजार ६४० कित्ता शेयर बाँडफाँड गर्दा प्रतिशेयर कट अफ मूल्य ९१२ रुपैयाँ तोकिएको थियो। सोही मूल्यमा १० प्रतिशत छुट दिँदा सर्वसाधारणका लागि प्रतिशेयर मूल्य ८२० रुपैयाँ ८० पैसा कायम गरिएको छ। यसअनुसार न्यूनतम ५० कित्ताका लागि आवेदन गर्दा ४१ हजार ४० रुपैयाँ लगानी गर्नुपर्नेछ।

कम्पनीले प्राप्त गरेको ‘केयर एनपी सिंगल ए माइनस इस्यूअर रेटिङ्ग’ ले समयमै वित्तीय दायित्व पूरा गर्ने क्षमता पर्याप्त रहेको संकेत गर्छ।

आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका तोकिएका शाखा कार्यालय र ‘मेरो शेयर’ एपमार्फत अनलाइन आवेदन दिन सकिनेछ। शेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेडले लिएको छ।

प्रतिकृया