• ३१ भदौ २०८३, बुधबार
  • ७ः२६ बेलुका

देशभर तापक्रम घट्दै, काठमाडौंमा यस वर्षकै कम

प्रकाशित मिति

२०८२ पुष ८ गते, मंगलवार १०:३२

८ पुस,२०८२ काठमाडौं—  देशभर तापक्रम क्रमिक रूपमा घट्दै जाँदा चिसो बढ्दै गएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा तापक्रम घट्दो क्रममा रहेको छ।

National Life

मंगलबार (पुस ८) बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.९ डिग्री सेल्सियस मापन गरिएको छ, जुन यस वर्षको अहिलेसम्मकै कम तापक्रम हो। महाशाखाले आगामी दिनमा तापक्रम अझै घट्ने सम्भावना रहेको जनाएको छ।

यसअघि सोमबार (पुस ७) काठमाडौंको न्यूनतम तापक्रम ६.८ डिग्री थियो भने आइतबार (पुस ६) र शनिबार (पुस ५) समान ५.५ डिग्री मापन गरिएको थियो। गएको मंसिर २८ गते न्यूनतम तापक्रम ५ डिग्री रहेको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

महाशाखाले सार्वजनिक गरेको देशका १७ स्थानमध्ये जुम्लामा सबैभन्दा कम न्यूनतम तापक्रम –३ डिग्री सेल्सियस मापन गरिएको छ। जुम्लाको तापक्रम सोमबार –१ र आइतबार –२.३ डिग्री थियो।

यस दिन वीरेन्द्रनगर ५.७, ओखलढुंगा ७.२, दिपायल र घोराही ७.८, पोखरा ८.८, ताप्लेजुङ ९.५ तथा डडेलधुरा ९.७ डिग्री सेल्सियस न्यूनतम तापक्रम मापन गरिएको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। तराई भूभागमा हुस्सु तथा कुहिरोका कारण बिहानको समयमा जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने चेतावनी दिइएको छ।

प्रतिकृया