• ५ साउन २०८३, मंगलबार
  • ५:१० बेलुका

धितोपत्र ऐन उल्लङ्घन आरोपमा सेयर कारोबारी दीपेन्द्र अग्रवाल पक्राउ

प्रकाशित मिति

२०८२ पुष ४ गते, शुक्रबार ०९:४५

४ पुस,२०८२ काठमाडौं— धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा सेयर कारोबारी दीपेन्द्र अग्रवाल पक्राउ परेका छन्। मोरङ जिल्लाको साविक विराटनगर उपमहानगरपालिका–९ निवासी ४२ वर्षीय अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आज काठमाडौंको महाराजगञ्जस्थित चुनदेवी क्षेत्रबाट पक्राउ गरेको हो।

सीआईबीका अनुसार अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर खरिद गरी धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९७ (ग) बमोजिम झुक्याउने विवरण तथा भ्रामक सूचना सार्वजनिक गरेर उच्च मूल्यमा सेयर विक्री गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।

Kamana Sewa

अनुसन्धानका क्रममा अग्रवालले कानून विपरीत ४९ लाख १९ हजार ८६५ रुपैयाँ नाफा आर्जन गरेको पाइएको छ। साथै, विभिन्न टीएमएस प्रयोग गरी आपसी खरिद–विक्री गर्ने तथा आफन्त र सम्बद्ध संस्थाबीच वास्तविक स्वामित्व नबदलिने गरी कारोबार गरेको देखिएको सीआईबीले जनाएको छ।

Classic Tech Desktop

त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य कृत्रिम रूपमा बढाएको पाइएकाले धितोपत्र सम्बन्धी ऐनको दफा ९४ (क) र (ख) तथा दफा ९५ बमोजिम झुठो कारोबार तथा मूल्य प्रभावित गर्ने कसूरसमेत गरेको पाइएको सीआईबीको भनाइ छ।

यस विषयमा थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।

प्रतिकृया