• २१ भदौ २०८३, आइतबार
  • ८ः४५ राती

मतदाताको सहजताका लागि मतदानस्थल पुनरावलोकन हुँदै

प्रकाशित मिति

२०८२ मंसिर २४ गते, बुधबार १०:५५

मंसिर २३, २०८२ काठमाडौं— निर्वाचन आयोगले मतदाताले सहज रूपमा मतदान गर्न सकून् भन्ने उद्देश्यले देशभरका विभिन्न मतदानस्थलको पुनरावलोकन गर्ने भएको छ। आयोगले सार्वजनिक गरेको सूचनामा पुनरावलोकन प्रक्रियाबारे आम मतदातालाई जानकारी दिइएको छ।

National Life

आयोगका अनुसार पुनरावलोकनका क्रममा कुनै मतदाताको नाम सम्बन्धित मतदानस्थलमा सार्न छुट भएको वा समावेश हुन बिर्सिएको पाएमा हाल चलिरहेको मतदाता नामावली अद्यावधिक कार्यक्रममार्फत मिलाउन सकिनेछ। यो कार्यक्रम मङ्सिर २६ गतेसम्म निरन्तर सञ्चालन हुनेछ।

नामावली सच्याउने, नाम हटाउने तथा दाबी–विरोध जस्ता नियमित कामसँगै मतदाताले एउटै वडाभित्रको कुनै एक मतदानस्थलबाट आफूलाई पायक पर्ने अर्को मतदानस्थलमा नाम सार्न निवेदन दिने सुविधा पनि उपलब्ध गराइएको छ।

Classic Tech Desktop

यसका लागि मतदाताले सम्बन्धित निर्वाचन कार्यालयमा उपस्थित भएर वा आयोगको वेबसाइटमार्फत अनलाइन निवेदन दिन सक्ने व्यवस्था गरिएको आयोगले जनाएको छ।

प्रतिकृया