• २५ भदौ २०८३, बिहीबार
  • ९ः२५ राती

नेप्सेमा निरन्तर रौनक, सूचक २६७६ बिन्दुमा

प्रकाशित मिति

२०८२ मंसिर ११ गते, बिहीबार ०३:१३

मंसिर ११, २०८२ काठमाडौं – पछिल्लो एक सातायता शेयर बजारमा निरन्तरको रौनक कायम रहँदा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज पनि उकालो लागेर बन्द भएको छ। नेप्से सूचक १०.४३ अंकले बढ्दै २६७६.०३ बिन्दुमा पुगेको छ।

National Life

आज ३३३ कम्पनीका कुल १ करोड ४६ लाख ९३ हजार ८०७ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ६६ करोड २३ लाख ८३ हजार रुपैयाँको कारोबार भएको स्टक एक्सचेञ्जले जनाएको छ।

करोबारमा संलग्न ८ उपसूचकमा हरियाली आएको छ। वाणिज्य बैंक समूह १.४७ प्रतिशत, विकास बैंक समूह ०.१७ प्रतिशत, होटल तथा पर्यटन समूह ०.३३ प्रतिशत, हाइड्रोपावर ०.०१ प्रतिशत र इन्भेष्टमेन्ट समूह ०.७२ प्रतिशतले बढेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

बजारमा उतार–चढाव देखिए पनि आज १३१ कम्पनीको शेयर मूल्य बढेको छ भने १२१ कम्पनीको घटेको छ। ६ कम्पनीको मूल्य स्थिर रह्यो।

यसदिन ४ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। लगातारको वृद्धि सहित बजारमा लगानीकर्ताको मनोबल उच्च बनेको विश्लेषकहरूको मूल्यांकन छ।

प्रतिकृया