• २५ भदौ २०८३, बिहीबार
  • १०ः१७ राती

नेपालबाट बंगलादेशलाई थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति

प्रकाशित मिति

२०८२ मंसिर ११ गते, बिहीबार ०३:२५

मंसिर ११, २०८२ काठमाडौं – नेपाल र बंगलादेशबीच विद्युत् व्यापार विस्तार गर्ने सहमति भएको छ। हाल नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात भइरहेकाे अवस्थामा थप २० मेगावाट थप गरी कुल ६० मेगावाट पुर्‍याउने निर्णय भएको हो।

National Life

बिहीबार ढाकामा सम्पन्न नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको ७औँ बैठकमा उक्त सहमति जुटेको हो। बैठकमा नेपालकाे तर्फबाट ऊर्जा सचिव चीरञ्जीवी चटौत र बंगलादेशकाे तर्फबाट ऊर्जा सचिव फर्जना ममताजले टोलीको नेतृत्व गरेका थिए।

बैठकमा दुई देशबीच ऊर्जा व्यापारलाई दीगो रूपमा विस्तार गर्ने विषयमा पनि छलफल भएको थियो। बंगलादेशले सुनकोशी–३ जलविद्युत् आयोजनामा लगानी प्रक्रिया अघि बढाउन सहमति व्यक्त गर्दै आयोजनाको मूल्यांकनका लागि विशेषज्ञ समिति गठन गर्ने उल्लेख गरेको छ। साथै, परियोजनासम्बन्धी संयुक्त लगानी सम्झौता (JVA) छिटो टुंग्याउने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपालले जलविद्युत् उत्पादन विस्तारसँगै अन्तरदेशीय ऊर्जा व्यापारलाई प्राथमिकता दिइरहेको अवस्थामा बंगलादेशसँगको यो सहकार्य ऊर्जा निर्यात वृद्धिको महत्वपूर्ण अर्को कदमका रूपमा लिइएको छ।

प्रतिकृया