• २६ भदौ २०८३, शुक्रबार
  • ९ः५३ राती

लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिम रोयल्सलाई १४४ रनको लक्ष्य

प्रकाशित मिति

२०८२ मंसिर ११ गते, बिहीबार ०१:४४

मंसिर ११, २०८२ काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बिहीबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा भएको पहिलो खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई १४४ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी १९.४ ओभरमै सबै विकेट गुमाउँदै १४३ रनमा समेटियो।

National Life

लुम्बिनीका कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए भने दिलीप नाथले ३१ रन जोडे। ओपनर डार्शी सर्ट र सुमित महर्जनले समान १८–१८ रनको योगदान दिए।

सुदूरपश्चिम रोयल्सका बलरहरूले प्रभावकारी प्रदर्शन गरेका थिए। अविनाश बोहरा र हर्मित सिंहले ३–३ विकेट लिए भने हेम्नत धामीले २ विकेट हात पारे।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतियोगिताको हालसम्मको अंकतालिकामा सुदूरपश्चिम रोयल्स ३ खेलमा अपराजित रहँदै ६ अंकसहित शीर्षस्थानमा छ। उता लुम्बिनी लायन्स ३ खेलबाट २ अंकसहित छैटौँ स्थानमा रहेको छ।

प्रतिकृया