• २५ भदौ २०८३, बिहीबार
  • ६ः३५ बेलुका

जाडोयामसँगै काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्दै

प्रकाशित मिति

२०८२ मंसिर ११ गते, बिहीबार ०१:५५

मंसिर ११, २०८२ काठमाडौं – जाडोयाम सुरु भएसँगै काठमाडौं उपत्यकामा वायु प्रदूषणको मात्रा तीव्र गतिमा बढ्न थालेको छ। वर्षाको अभाव र हावाको गति न्यून हुने भएकाले यो याममा धूलो र धुवाँको घनत्व झनै बढ्ने गर्दछ, जसको प्रत्यक्ष प्रभाव उपत्यकाको हावा गुणस्तरमा परेको देखिन्छ।

National Life

खेतीपातीका लागि खेतमा आगो बाल्ने, झाडी हटाउनेजस्ता गतिविधिले पनि प्रदूषणको स्तर बढाउन भूमिका खेलिरहेका छन्। त्यस्तै उपत्यकामा सवारीसाधनबाट निस्कने धुवाँ, निर्माणाधीन तथा जीर्ण सडकबाट उड्ने धूलो, उद्योगधन्दा र अन्य स्रोतबाट उत्सर्जित हानिकारक ग्यासले गर्दा जाडोयाममा काठमाडौं विश्वकै प्रदूषित सहरमध्ये एक बन्न पुगेको छ।

उपत्यकाको वरिपरिका डाँडाबाट हेर्दा काठमाडौंको माथि बाक्लो धूलो र धुवाँको तह प्रस्ट देखिने गरेको छ, जसले वायु प्रदूषण कति गम्भीर अवस्थामा पुगेको छ भन्ने संकेत गर्छ। विशेषज्ञहरूका अनुसार, यस्तो अवस्थाले श्वासप्रश्वास तथा मुटु सम्बन्धी समस्या भएका व्यक्तिहरूलाई बढी प्रभावित गर्न सक्छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया