ओ एन्ड एम सर्वेक्षण सञ्चालन गर्न मन्त्रिपरिषद्वारा स्वीकृत
प्रकाशित मिति
२०८२ मंसिर ११ गते, बिहीबार ०२:०४
नेपाल प्रहरीले आफ्नो संगठन तथा व्यवस्थापन (ओ एन्ड एम) सर्वेक्षण सञ्चालन गर्न पाएको छ। मंसिरमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरीको ओ एन्ड एम सर्वेक्षणलाई स्वीकृति दिएपछि यससम्बन्धी प्रक्रिया औपचारिक रूपमा अघि बढेको हो।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार स्वीकृति मिलेसँगै ओ एन्ड एमको काम सुरु भइसकेको छ। अब प्रहरी संगठनमा रहेका दरबन्दीहरूको पुनःमिलान, आवश्यक नभएका दरबन्दी कटौती गरी अन्यत्र सार्ने, विभिन्न अस्थायी कार्यालयका दरबन्दीलाई स्थायी बनाउनेजस्ता कार्य सुरु हुनेछन्।
यसअघि सशस्त्र प्रहरी बल नेपालले पनि संगठन तथा व्यवस्थापन सर्वेक्षणमार्फत दरबन्दी पुनर्संरचना गरेको थियो। सो प्रक्रियामा तल्लो दर्जाका केही दरबन्दी कटौती गरी तीन डीआईजीको पद थपिएको थियो भने अस्थायी कार्यालयहरूलाई स्थायी संरचनामा रूपान्तरण गरिएको थियो।
ओ एन्ड एम सर्वेक्षण लागू भएपछि नेपाल प्रहरीको संगठनात्मक संरचना अझ प्रभावकारी, व्यवस्थित र कार्यक्षम हुने अपेक्षा लिइएको छ।






प्रतिकृया