• २० असोज २०८३, मंगलबार
  • ९ः५६ बिहान

नक्साल भाटभटेनी भत्काउने क्रममा १ जनाको मृत्यु, २ घाइते

प्रकाशित मिति

२०८२ कार्तिक २३ गते, आईतवार ०४:४२

कात्तिक २३, २०८२ काठमाडौं—  क्सालस्थित भाटभटेनी सुपरमार्केट भत्काउने क्रममा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

National Life

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, उद्धार गरेर उपचारका लागि लैजाने क्रममा एक जनाको मृत्यु भएको हो। घाइते दुई जनालाई अस्पतालमा उपचार भइरहेको छ।

भवन जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडका कारण मर्मत तथा सरसफाइको लागि भत्काउने कार्य भइरहेको थियो। गत भदौ २३ र २४ गते भएको आन्दोलनमा काठमाडौं उपत्यका तथा देशका विभिन्न स्थानमा रहेका भाटभटेनी भवनमा समेत तोडफोड र आगजनी भएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया