हिमालयन डिष्टिलरीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
प्रकाशित मिति
२०८२ कार्तिक १९ गते, बुधबार १०:५७
कात्तिक १८, २०८२ काठमाडौं— हिमालयन डिष्टिलरी लिमिटेडले वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि (कात्तिक २० गते) बुक क्लोज गर्ने भएको छ। त्यसैले लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन भएको कम्पनीले जनाएको छ।
कम्पनीले आफ्ना शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको कुल २५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। जसअन्तर्गत २० प्रतिशत बोनस शेयर (प्रत्येक १० कित्तामा २ कित्ता) र ५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गरिनेछ।
लाभांश पारित गर्नका लागि कम्पनीले कात्तिक ३० गते आइतबार बिहान १० बजे, पर्सा जिल्लाको लिपनिविर्तास्थित रजिष्टर्ड कार्यालयमा २५औं वार्षिक साधारणसभा बस्नेछ।
सभामा गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने, चालू वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने, ५ जना सञ्चालकको कार्यकाल थप्ने, कम्पनीका ब्राण्डका मदिरा अन्य कम्पनीमार्फत उत्पादन गर्न अनुमति दिने सम्झौता प्रस्ताव, र सञ्चालक समितिका सदस्यहरूको दुर्घटना तथा उपचार सेवा स्वीकृत गर्ने प्रस्तावहरू पेश गरिनेछन्।
त्यसैगरी बोनस शेयर वितरणपछि बढ्ने चुक्ता पूँजीअनुसार कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने तथा त्यसका लागि सञ्चालक समितिलाई अधिकार दिने विशेष प्रस्ताव पनि सभामा पेश गरिनेछ।








प्रतिकृया