• २० असोज २०८३, मंगलबार
  • १०ः३३ बिहान

नेपाल एसबिआई बैंकद्धारा वृक्षारोपण कार्यक्रमको आयोजना

प्रकाशित मिति

२०८२ कार्तिक १८ गते, मंगलवार ०२:१०

कात्तिक १८, २०८२ काठमाडौं— नेपाल एसबिआई बैंक लिमिटेडले पशुपति मन्दिर परिसर काठमाडौंमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वृक्षारोपण कार्यक्रम आयोजना गरेको थियो । सो अवसरमा नेपाल एसबिआई बैंकका अध्यक्ष, श्री वेंकट वंसीधर कुंचाद्धारा पशुपति मन्दिर परिसरमा रहेको कैलाश डाँडांमा वृक्षारोपणको शुभारम्भ गरिएको थियो ।

National Life

उक्त कार्यक्रममा नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत, श्री राम कूमार तिवारी, संचालक, श्री रितेश सिन्हा, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत, श्री विकास आनन्द, प्रमुख वित्तिय अधिकृत, श्री राजेश कुमार पंडा तथा बैंकका अन्य पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

बैंकले यस पशुपति मन्दिर परिसरमा यस प्रकारका सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरू समय समयमा गर्दै आएको छ । नेपाल एसबिआई बैंक लि.ले बिगत ३२ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २० शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२७ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया