• २० असोज २०८३, मंगलबार
  • ११ः५७ बिहान

हिमपातमा फसेका १५ सयको नेपाली सेनाद्वारा उद्धार

प्रकाशित मिति

२०८२ कार्तिक १२ गते, बुधबार ११:४२

कात्तिक १२, २०८२ काठमाडौं— मनाङ क्षेत्रमा परेको भीषण हिमपातपछि फसेका करिब १५ सय नागरिकको नेपाली सेनाले उद्धार गरेको छ। सैनिक मुख्यालयका अनुसार तिलिचो, खाङ्गसार, पिसाङ, अप्पर मनाङ र हुम्दे क्षेत्रमा फसेका नागरिक र पर्यटकहरूलाई सुरक्षित स्थानमा पुर्‍याइएको हो।

National Life

उद्धार गरिएका मध्ये करिब २ सय जना विदेशी पर्यटक रहेका छन्। उद्धार कार्यमा नेपाली सेनाको नयाँ भैरवी दल गुल्म, प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय बासिन्दाहरूले सहकार्य गरेका थिए। भारी हिमपातका कारण पैदल मार्ग अवरुद्ध भई पर्यटक र स्थानीय बासिन्दा दुबै कठिनाइमा परेपछि सेना र सुरक्षाकर्मीहरूले तत्काल उद्धार कार्य सुरु गरेको जनाइएको छ।

सेनाले सबै उद्धार गरिएका व्यक्तिहरूलाई सुरक्षित स्थानमा पु-याई आवश्यक सहयोग र स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया