• ३१ भदौ २०८३, बुधबार
  • ८ः१० राती

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न

प्रकाशित मिति

२०८२ कार्तिक ११ गते, मंगलवार ०९:२१

कात्तिक ११, २०८२ काठमाडौं— सूर्यदेवको श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सम्पन्न भएको छ। भक्तजनहरूले नदी र पोखरी किनारमा भेला भई दूध, फूल र जल अर्पण गर्दै सूर्यदेवको आराधना गरेका छन्।

National Life

धार्मिक परम्परा अनुसार, भक्तहरूले बिहान भिन्सरघाटमा— अर्थात् सूर्योदयअघि तयार पारिएका घाटहरूमा— पूजा गरी उदाउँदो सूर्यलाई जल, दूध र फलफूल अर्पण गरेर छठ पर्व समापन गर्ने गर्छन्। पूजा विधिमा भक्तजनहरू कम्मरसम्म पानीमा डुबेर सूर्यको दर्शन गर्छन्, जसलाई जीवन र प्रकृतिको स्रोतप्रति कृतज्ञता व्यक्त गर्ने प्रतीकका रूपमा लिइन्छ।

धार्मिक विश्वासअनुसार, पृथ्वीमा जीवधारीहरूको सञ्चालन र संरक्षण सूर्य र जलबाट नै सम्भव हुने भएकाले छठ पर्वमा सूर्यलाई सम्पूर्ण शक्तिको स्रोत र नदीलाई माताका रूपमा पूजा गरिन्छ।

Classic Tech Mobile
Classic Tech Desktop

यस वर्षको छठ पर्व तराई–मधेशदेखि काठमाडौं उपत्यकासम्म उल्लासका साथ मनाइएको छ। काठमाडौंमा पशुपति क्षेत्रको गौरीघाट र कमलपोखरी प्रमुख पूजा स्थल बनेका छन्। गौरीघाटमा मात्र ७०० भन्दा बढी पूजास्थल निर्माण गरिएको थियो। बिहान सबेरैदेखि भक्तजनहरू त्यहाँ भेला भई सूर्य उदाउँदासम्म पूजा–आराधनामा तल्लीन रहे। आयोजक समितिका अनुसार, गौरीघाटमा करिब पाँच लाख भक्तजनले पूजा आराधनामा सहभागिता जनाएका थिए।

सूर्यको पहिलो किरणसँगै भक्तजनहरूले दूध र जल अर्पण गर्दै आराधना गरेपछि यस वर्षको छठ पर्व विधिपूर्वक समाप्त गरिएको छ।

प्रतिकृया