• ३१ भदौ २०८३, बुधबार
  • १०ः१८ राती

कांग्रेस सभापति देउवाका दम्पति किन गए सिंगापुर ?

प्रकाशित मिति

२०८२ कार्तिक ११ गते, मंगलवार ०९:१०

कात्तिक ११, २०८२ काठमाडौं—नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी कांग्रेस केन्द्रीय सदस्य डा‍. आरजु राणा देउवा उपचारका लागि सिंगापुर गएका छन्। गएराती सिंगापुर एयरलाइन्समार्फत देउवा दम्पती सिंगापुर प्रस्थान गरेका हुन्।

National Life

गत भदौ २४ गते ‘जेनजी आन्दोलन’ का क्रममा प्रदर्शनकारीको आक्रमणमा परेका देउवा घाइते भएका थिए। प्रदर्शनकारीले गरेको कुटपिटका कारण उनको गर्दनमा १२ टाँका लगाउनुपरेको थियो। त्यसयता उनी छाउनीस्थित सैनिक अस्पतालमा उपचाररत थिए। थप उपचार तथा स्वास्थ्य परीक्षणका लागि सिंगापुर प्रस्थान गरिएको नेपाली कांग्रेसले जनाएको छ।

उक्त आक्रमणमा परेका देउवा दम्पती हाल स्वास्थ्य सुधारोन्मुख अवस्थामा रहेको बताइए पनि चिकित्सकको सल्लाहअनुसार थप उपचारका लागि विदेश गएको कांग्रेसले जानकारी दिएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

यसअघि, असोज २८ गते देउवा दम्पती कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सहभागी भएका थिए। सो बैठकमा देउवाले पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन्।

प्रतिकृया