सुत्केरीको मृत्यु : आफन्तद्वारा किष्ट अस्पतालमा तोडफोड
प्रकाशित मिति
२०८२ कार्तिक १० गते, सोमबार ०३:२२
कात्तिक १०, २०८२ काठमाडौं— ललितपुरको इमाडोलस्थित किष्ट अस्पतालमा सुत्केरी महिलाको मृत्यु भएपछि आक्रोशित आफन्त र स्थानीयहरूले अस्पतालमा तोडफोड गरेका छन्। खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ की ३४ वर्षीया मिनाश्री राईको शुक्रबार राति सुत्केरी गराउने क्रममा मृत्यु भएको थियो। मृतकका आफन्तले अस्पताल प्रशासन र चिकित्सकमाथि लापरवाहीको आरोप लगाउँदै आइतबार बिहानदेखि प्रदर्शन गरेका थिए।
प्रदर्शन उग्र बनेपछि उनीहरूले अस्पतालको गेट तोड्दै भित्र पसेर ढुंगामुढा गरेको प्रहरीले जनाएको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज र केही राउन्ड आश्रुग्यास प्रहार गरेको थियो। अस्पताल प्रशासनले भने घटनाबारे आन्तरिक छानबिन प्रक्रिया सुरु गरिएको जनाएको छ। अस्पतालका अनुसार सुत्केरीलाई आवश्यक उपचारका सम्पूर्ण प्रयास गरिएको तर अवस्था अचानक जटिल बनेको थियो।
यसबीच, मृतकका आफन्तले न्यायको माग गर्दै दोषी चिकित्सकमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्।








प्रतिकृया