विवाद उजागर भएपछि प्रधानमन्त्री कार्कीले रोकिन् श्रममन्त्रीमा सिफारिस सुनारको शपथ
प्रकाशित मिति
२०८२ कार्तिक ९ गते, आईतवार ०२:३५
कात्तिक ९, २०८२ काठमाडौं— प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीका रूपमा सिफारिस भएका खगेन्द्र सुनारको शपथग्रहण नहुने भएको छ। फौजदारी मुद्दामा उनी प्रतिवादी रहेको खुलासा भएपछि प्रधानमन्त्रीले अन्तिम समयमा उनको शपथ रोकेको स्रोतले जनाएको छ।
प्रधानमन्त्री कार्कीले आइतबार बिहान राष्ट्रपति कार्यालयमा पठाएको नामावलीमा सुनारको नाम मन्त्रीका रूपमा समावेश थियो। तर पछि प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ राष्ट्रपति कार्यालय पुगेका थिए र उनले “सुनारको शपथ नगराउने” जानकारी गराएका हु
यसबीच, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठले भने सुनारको नाम मन्त्रीको सूचीमा समावेश नै नभएको दाबी गरेका छन्। तर यो दाबी त्यतिबेला आएको हो जब सुनारविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको विवरण सार्वजनिक भएको थियो।
सुर्खेत जिल्ला अदालतमा २०८१ असारमा दायर भएको फौजदारी मुद्दा अनुसार दैलेखको नारायण नगरपालिका–२, भैसेखोर निवासी सुनारमाथि स्वास्थ्य संस्था तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपात गरेको आरोप छ।
मेहेलकुना अस्पतालका प्रमुख डा. सोजन सापकोटाको जाहेरीका आधारमा सरकारी वकिलले उनीविरुद्ध मुद्दा दायर गरेको थियो। त्यसअनुसार अदालतले २०८१ असार १४ मा ७ दिने पक्राउ पुर्जी जारी गरेको र पछि २०८१ मङ्सिर २१ मा पक्राउ गरी उपस्थित गराउन पत्राचार गरेको थियो।








प्रतिकृया