• २० असोज २०८३, मंगलबार
  • १२ः४१ दिउँसो

प्रधानमन्त्री सुशीला कार्कीद्वारा दलहरुसँग निर्वाचन तयारी सम्बन्धी छलफल गर्दै

प्रकाशित मिति

२०८२ कार्तिक ४ गते, मंगलवार ०८:३१

कात्तिक ४, २०८२ काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आज निर्वाचन तयारीका विषयमा प्रमुख राजनीतिक दलका नेताहरुसँग महत्वपूर्ण छलफल गर्न लागेकी छन्। छलफल अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, रास्वपा, जसपा लगायत दलका शीर्ष नेताहरूलाई आमन्त्रण गरिएको छ।

National Life

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार भदौ २७ गते गठन गरिएको थियो। उक्त सरकारले आगामी फागुन २१ गते आम निर्वाचन गराउने घोषणा गरिसकेको छ।

गत भदौ २३ र २४ गते सम्पन्न जेनजी युवा आन्दोलनपछि बनेको यो अन्तरिम सरकारले निर्वाचनको वातावरण बनाउने र निष्पक्ष निर्वाचन गराउने उद्देश्य राखेको छ। तर, केही दलहरूले सरकारमाथि चुनावी वातावरण विथोल्ने र पुराना दलहरूप्रति कडा रबैया देखाएको आरोप लगाइरहेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

यस्तो सन्दर्भमा प्रधानमन्त्री कार्कीले राजनीतिक संवादमार्फत विश्वास र सहकार्यको वातावरण बनाउने प्रयास स्वरूप आजको छलफल आयोजना गरेकी हुन्। यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले पनि प्रधानमन्त्री कार्कीको उपस्थितिमा दलहरूबीच समन्वय र सहमति खोज्न छलफल गरेका थिए।

प्रतिकृया