• २० असोज २०८३, मंगलबार
  • १२ः४४ दिउँसो

तिहारले सहिष्णुता, भातृत्व र समृद्धिको भावना बढाओस् : राष्ट्रपति पौडेल

प्रकाशित मिति

२०८२ कार्तिक ३ गते, सोमबार ०७:३९

कात्तिक ३, २०८२ काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीहरूमा आपसी सद्भाव, सहिष्णुता, भातृत्व, सुशासन र समृद्धिको भावना अझ प्रगाढ बनाओस् भन्ने कामना गरेका छन्। तिहारको अवसरमा सोमबार एक शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई सुख, शान्ति र प्रगतिका लागि शुभकामना दिएका हुन्।

National Life

“नेपाल मौलिक संस्कृतिले भरिएको देश हो, जहाँ विविध चाडपर्वहरूले विविधतालाई एकतामा बाँध्ने काम गर्दै आएका छन्,” राष्ट्रपतिको सन्देशमा भनिएको छ। उनले तिहारलाई हिन्दू धर्मावलम्बीको एक महान पर्वका रूपमा उल्लेख गर्दै यसको सांस्कृतिक, पौराणिक, व्यावहारिक र वैज्ञानिक पक्षको पनि स्मरण गरेका छन्।

राष्ट्रपति पौडेलले तिहारलाई उज्यालो, प्रकाश र सकारात्मक ऊर्जा फैलाउने पर्वका रूपमा चित्रण गर्दै यसले मानव जीवनमा सत्य, न्याय र सामाजिक सुशासनतर्फ अघि बढ्न प्रेरणा दिन्छ भनेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

सन्देशमा काग, कुकुर, गाई, गोरु, पर्वत तथा लक्ष्मीको पूजा, भाइटीकाको र आत्मशुद्धिका लागि गरिने म्हपूजा लगायतका चलनहरूले प्रेम, करुणा, एकता र समृद्धिको सन्देश फैलाउने उल्लेख गरिएको छ।

प्रतिकृया