• १ असोज २०८३, बिहीबार
  • ४ः३० बिहान

आज लक्ष्मीपूजा : धन, समृद्धि र शुद्धताको आराधना

प्रकाशित मिति

२०८२ कार्तिक ३ गते, सोमबार ०६:३४

कात्तिक ३, २०८२ काठमाडौं– यमपञ्चकको दोस्रो दिन आज साँझ लक्ष्मीपूजा धुमधामका साथ मनाइँदैछ । धन, ऐश्वर्य र समृद्धिकी अधिष्ठात्री देवी लक्ष्मीको भक्तिपूर्वक पूजा गरी घर–घरमा दीपावली, आरती र भजनसहित आराधना गर्ने चलन छ।

National Life

धार्मिक मान्यताअनुसार, आजको दिन घर सफा–सुग्घर गरी लक्ष्मीलाई स्वागत गर्न फूलमालाले सजाइन्छ, र गाईको गोबर, रातो माटो, चामलको पीठो र अबीर प्रयोग गरेर लक्ष्मीको पाइलो बनाइन्छ। बेलुका पूजा कोठामा लक्ष्मी, गणेश र कलश स्थापना गरी धान, चामल, सुनचाँदी, पैसा, मिठाई, सेलरोटी, फूल आदिले पूजा गरिन्छ।

लक्ष्मीका आठ स्वरूप—धन, धान्य, सन्तान, विजय, ऐश्वर्य, धैर्य, शिक्षा र गज लक्ष्मीको पूजा गरिन्छ। मध्यरातमा घरका नारीहरूले ‘अलक्ष्मी भागोस्, लक्ष्मी आओस्’ भन्ने कामना गर्दै नाङ्लो ठटाउने चलन छ।

Classic Tech Mobile
Classic Tech Desktop

पुराण अनुसार, समुद्र मन्थनबाट प्रकट भएकी लक्ष्मी यही कात्तिक औँसीमा प्रकट भएकाले आजको दिन पूजा गर्ने परम्परा रहेको हो। लक्ष्मी शुद्धता, कर्मशीलता र सकारात्मकताको प्रतीक भएकाले आजको पूजा आत्मिक र आध्यात्मिक रूपमा विशेष महत्त्व राख्दछ।

यसै रात “बलिराजको भलो होस्” भन्ने भावना व्यक्त गर्दै भैलो खेल्ने परम्परासमेत रहेको छ।

प्रतिकृया