जनकपुरमा ज्वेलर्समा छापा: प्रहरी र व्यवसायीबीच झडप, १० प्रहरी घाइते
प्रकाशित मिति
२०८२ कार्तिक १ गते, शनिबार ०७:५२
कात्तिक १,२०८२ जनकपुरधाम – तिहारको पूर्वसन्ध्यामा जनकपुरधामको सोनारपट्टीमा प्रहरीले छापा मार्दा स्थानीय व्यवसायी र प्रहरीबीच झडप भएको छ। प्रहरीले नयाँ खुलेको ज्वेलर्सबाट बिलबिना रहेको अनुमानित ७ किलो चाँदी बरामद गरेपछि स्थिति तनावग्रस्त बनेको हो।
झडपमा जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी घाइते भएका छन् भने १० जना प्रहरी पनि घाइते भएको धनुषा प्रहरीका डिएसपी गणेशबहादुर बमले जानकारी दिए। स्थिति नियन्त्रणमा लिन प्रहरीले ७ राउण्ड हवाइ फायर र २ सेल अश्रुग्यास प्रहार गरेको थियो।
व्यवसायीहरूले धनतेरसको पूर्वसन्ध्यामा छापा मारिएको भन्दै प्रहरीको आलोचना गरेका छन्। प्रहरीले राजश्व अनुसन्धान विभागको सूचनाअनुसार मात्रै छापा मारिएको स्पष्ट पारेको छ। यस घटनापछि उद्योग वाणिज्य संघले दोषी प्रहरीमाथि कारबाहीको माग गर्दै कडा आन्दोलनको चेतावनी दिएको छ।








प्रतिकृया