• २० असोज २०८३, मंगलबार
  • १२ः४२ दिउँसो

मधेशका नवनियुक्त मुख्यमन्त्री सोनलले लिए शपथ

प्रकाशित मिति

२०८२ आश्विन ३० गते, बिहीबार ०२:०६

असोज ३०,२०८२ काठमाडौं– जितेन्द्र प्रसाद सोनार (सोनल)ले मधेश प्रदेशको मुख्यमन्त्री पद तथा गोपनीयताको शपथ लिएका छन्। विहिबार, मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोनललाई पद तथा गोपनीयताको शपथ गराएकी हुन्। सोनल पाँच दलको समर्थनमा बुधबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

National Life

शपथ समारोहमा जनमत पार्टीका संसदीय दलका नेता महेश प्रसाद यादव र नेकपा (एकीकृत समाजवादी) का कनिष पटेलले मन्त्री पदको शपथ ग्रहण गरेका छन्।

गठबन्धन दलहरूबीच मन्त्रालय बाँडफाँटसम्बन्धी प्रारम्भिक सहमति बनेको छ। सहमति अनुसार जसपा नेपाललाई अर्थ मन्त्रालयसहित ४ मन्त्रालय, जनमत पार्टीलाई भौतिक पूर्वाधार मन्त्रालयसहित ४ मन्त्रालय, लोसपा, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई २–२ मन्त्रालय दिने सहमति भएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

मुख्यमन्त्री सोनललाई लोसपा, जसपा नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)ले समर्थन गरेका हुन्।

प्रतिकृया