• २० असोज २०८३, मंगलबार
  • १ः२७ दिउँसो

मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

प्रकाशित मिति

२०८२ आश्विन ३० गते, बिहीबार १०:४३

असोज ३०,२०८२ काठमाडौं– मुक्तिनाथ विकास बैंकको प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो। बैंकको आगामी कात्तिक १५ गतेका लागि तय गरिएको वार्षिक साधारणसभा (एजीएम) प्रयोजनका लागि असोज ३१ गते बुकक्लोज गरिने भएकाले आजसम्म कायम रहेका सेयरधनीले मात्र लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन सक्नेछन्।

National Life

बैंकले आर्थिक वर्ष २०७९/८० का लागि सेयरधनीहरूलाई १३.५३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४.६७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

कात्तिक १५ गते हुने साधारणसभामा बैंकलाई वाणिज्य बैंकमा स्तरोन्नति गर्ने प्रस्ताव, प्रबन्धपत्र तथा नियमावली संशोधन, मर्जर वा एक्विजिशनका लागि सम्भावित बैंक तथा वित्तीय संस्थासँग सहकार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, नयाँ लेखापरीक्षक नियुक्त गर्नेजस्ता प्रस्तावहरू पेश गरिने जनाइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया