• २० असोज २०८३, मंगलबार
  • १ः२६ दिउँसो

कामना सेवाका अध्यक्ष सुदिप आचार्यको सपथ ग्रहण सम्पन्न

प्रकाशित मिति

२०८२ आश्विन २९ गते, बुधबार ०८:०७

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष सुदिप आचार्यले मंगलवार नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बम बहादुर मिश्र समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

National Life

बैंकको गत शुक्रवार सम्पन्न १९औं वार्षिक साधारण सभाबाट सञ्चालकमा निर्वाचित आचार्यलाई सोही दिन बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा चयन गरेको थियो।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनअनुसार निर्वाचित अध्यक्षले नेपाल राष्ट्र बैंक समक्ष सपथ ग्रहण गर्नु अनिवार्य छ।

Classic Tech Mobile
Classic Tech Desktop

सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक सत्यन्द्र तिमिल्सीना, विकास बैंकका संचालक र प्रमुख कार्यकारी अधिकृतलगायतका विभिन्न व्यक्तित्वहरूको उपस्थिती रहेको थियो।

बैंकको साधारण सभाबाट संस्थापक समूह अन्तर्गत सुदिप आचार्य, भिम प्रसाद तुलाचन, चतुराखर अधिकारी र सर्वसाधारण समूह अन्तर्गत बलराम बराल, विश्वेश्वर सुवेदी, डा. पवन कुमार शर्मा निर्विरोध निर्वाचित भएका थिए।

प्रतिकृया