नेपाल बैंक र लिफ प्लसबीच सम्झौता
प्रकाशित मिति
२०८२ आश्विन २९ गते, बुधबार ०८:००
काठमाडौं- नेपाल बैंक लिमिटेड र लिफ प्लस प्रा. लि. बीच घरायसी पर्यावरणमैत्री वस्तु खरिदमा छुट उपलब्ध गराउने सहकार्य सम्झौता भएको छ ।
सम्झौताअनुसार नेपाल बैंकका कर्मचारी र बैंकमा खाता भएका ग्राहकहरूले लिफ प्लसद्वारा उत्पादन तथा बिक्री गरिएका सुपारीको पातबाट बनेका प्राकृतिक घरायसी सामानहरू जस्तै प्लेट, कचौरा, थाल, चम्चा लगायतका वस्तुहरू खरिद गर्दा विशेष छुट पाउने भएका छन् ।
ग्राहकहरूले लिफ प्लसको वेबसाइट (www.leafplusnepal.com) वा सम्पर्क नम्बर ९८०१८७०२०८/९८०२३४४१७८ मार्फत सामान खरिद गरी नेपाल बैंकको मोबाइल बैंकिङ एपमार्फत रकम भुक्तानी गरेमा बिल रकममा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
उक्त सम्झौता नेपाल बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र लिफ प्लसको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कोबित सिंह बानियाले हस्ताक्षर गरेका हुन् ।
सम्झौताबाट नेपाल बैंकका ग्राहक र कर्मचारीहरूले स्वदेशमै निर्मित पर्यावरणमैत्री उत्पादनलाई प्रोत्साहन गर्दै सजिलै र छुटसहित खरिद गर्न सक्ने अवसर पाउने भएका छन् ।








प्रतिकृया