• २ असोज २०८३, शुक्रबार
  • ७ः०२ बेलुका

जेन्जी लगायत सबै नेपालीले गुटबन्दी गर्नुहोस्:शिक्षामन्त्री पुन

प्रकाशित मिति

२०८२ आश्विन २६ गते, आईतवार १०:५८

असोज २६, २०८२ काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेन्जी (Gen Z) पुस्ता लगायत सम्पूर्ण राष्ट्रप्रेमी नेपालीहरूप्रति गुटबन्दी र खुट्टा तानातानको राजनीति नगर्न आग्रह गरेका छन्।

National Life

सामाजिक सञ्जालमार्फत मन्तव्य सार्वजनिक गर्दै मन्त्री पुनले भनेका छन्, “राष्ट्रिय हितका लागि गुटबन्दी र खुट्टा तानातान गर्दा झन् धेरै नोक्सानी हुने गरेको छ।” उनले विशेषगरी जेन्जी पुस्तासँग राष्ट्रको माया गर्ने युवाहरूबीच देखिएको आन्तरिक मतभेदलाई लक्षित गर्दै यस्तो अनुरोध गरेका हुन्।

मन्त्री पुनले इतिहासको उदाहरण दिँदै गुटबन्दी र आपसी कलह कसैको हितमा नहुने उल्लेख गरेका छन्। उनले पाँचवटा ऐतिहासिक सन्दर्भ दिएर यस्ता प्रवृत्तिले कसरी आन्दोलनलाई कमजोर बनाउने र राष्ट्रलाई क्षति पुर्‍याउने गरेको संकेत गरेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

उनका अनुसार, “चरम गुटबन्दी र खुट्टा तानातानकै कारणले गर्दा नै जेन्जीहरु र आम जनताले मिलेर विस्फोटनसरहको आन्दोलन गरेका हुन्।” उनले थपे, “आन्दोलन जेन्जीले सुरु गरे तापनि त्यसमा आम जनताको पनि साथ रहेको छ, किनभने जनताले भ्रष्टाचार र राजनीतिक गुटबन्दीका कारण देशको अवस्था बिग्रिएको देखेका छन्।”

मन्त्री पुनले जेन्जीलाई इतिहासबाट सिकेर आन्तरिक एकता कायम गर्न आग्रह गर्दै भनेका छन्, “जेन्जीहरूबीच पनि अहिले गुटबन्दी र खुट्टा तानातानको प्रवृत्ति हाबी भइरहेको देखिन्छ, जुन चिन्ताको विषय हो।”

उनको यो मन्तव्य पछिल्लो समय सामाजिक, राजनीतिक परिवर्तनको मागसहित सशक्त रूपमा उभिएको युवा पुस्ताको आन्तरिक असमझदारीलाई समाधान गर्ने प्रयासको रूपमा लिइएको छ।

प्रतिकृया