• ३१ भदौ २०८३, बुधबार
  • ११ः२६ राती

किर्तिपुर क्रिकेट रंगशालाको अनुगमनमा मन्त्री कुलमान घिसिङ

प्रकाशित मिति

२०८२ आश्विन २३ गते, बिहीबार ०५:४०

असोज २३, २०८२ काठमाडौं–  ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट रंगशालाको अनुगमन गरेका छन्। निर्माणको अन्तिम चरणमा पुगेको रंगशालाको अवस्थाबारे जानकारी लिन बिहीबार रंगशाला पुगेका मन्त्री घिसिङलाई नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का र निर्माण कम्पनीका प्रतिनिधिहरूले प्रगति विवरण र आगामी योजना बारे ब्रिफिङ गरे।

National Life

अनुगमनका क्रममा मन्त्री घिसिङले हाल १०–१२ हजार दर्शक अट्ने स्थान निर्माण सम्पन्न भइसकेको जानकारी दिए। उनले रंगशालामा फ्लडलाइट जडानको काम एक महिनाभित्र सम्पन्न हुने पनि स्पष्ट पारे। साथै, रंगशालाको बाँकी निर्माण कार्य एकैपटक अगाडि बढाइने बताएका छन्। “यो रंगशाला देशकै प्रतिष्ठासँग जोडिएको विषय हो,” मन्त्री घिसिङले भने, “बाँकी निर्माणका लागि बजेट सुनिश्चित गरेर छिटो टुंग्याउनेछौं।”

टियु क्रिकेट मैदान नेपाली क्रिकेटको ऐतिहासिक र प्रमुख रंगशाला हो। क्यानका अनुसार, पूर्ण निर्माणपछि यो रंगशालामा अन्तर्राष्ट्रिय प्रतियोगिता समेत आयोजना गर्न सकिनेछ। मन्त्री घिसिङको अनुगमनले सरकारको चासो र प्राथमिकतामा रंगशालाको निर्माण रहेको संकेत दिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया