• ४ साउन २०८३, सोमबार
  • ७:१३ बेलुका

ज्ञानेन्द्र शाहीको आरोप: रक्षा बम विदेशी दूतावासबाट परिचालित सिपाही हुन्

प्रकाशित मिति

२०८२ आश्विन २३ गते, बिहीबार ०५:१३

असोज २३, २०८२ काठमाडौं–  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले जेन्जी अभियन्ता रक्षा बममाथि गम्भीर आरोप लगाएका छन्। उनले बमलाई विदेशी दूतावासबाट परिचालित सिपाही भएको आरोप लगाउँदै सिंहदरबार आगजनीजस्ता घटनालाई समर्थन गर्ने कार्यलाई राष्ट्रघाती करार दिएका छन्।

शाहीको अभिव्यक्ति गत भदौ २४ गते सिंहदरबारको मूलद्वारमा आगलागी भइरहेका बेला कैद गरिएको रक्षा बमको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि आएको हो। सो तस्बिरमा बम ‘सेलिब्रेसन मुड’ मा देखिएकी थिइन्। उक्त तस्बिरबारे बमले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा भएको खुसीयालीमा खिचिएको दाबी गरेकी छन्। तर, शाहीले त्यो व्याख्या अस्वीकार गर्दै गम्भीर प्रश्न उठाएका छन्।

Kamana Sewa

“सिंहदरबार जलाएर खुसी हुने एउटा युवतीको तस्बिर देखेँ। उनी नेपाली नागरिक हुन् कि होइनन्, यदि हुन् भने सिंहदरबार जलेकोमा किन खुसी भइन्?” शाहीले भने, “त्यस्ता व्यक्ति त विदेशी राजदूतावासका परिचालित सिपाही हुन्।”

Classic Tech Desktop

पूर्वसांसदसमेत रहेका शाहीले सिंहदरबारलाई सामान्य सरकारी संरचना नभई नेपालीहरूको गौरव र इतिहासको प्रतीक भन्दै त्यसमा भएको आगजनीप्रति आक्रोश व्यक्त गरे।

“भौतिक संरचना फेरि बनाउन सकिन्छ, तर हाम्रो इतिहासलाई पुनः बनाउने सम्भव छैन,” उनले भने, “आगजनीमा संलग्न र त्यसमा खुसी मनाउने व्यक्तिहरूलाई सरकारले खोजी खोजी कारबाही गर्नुपर्छ।” शाहीले आन्दोलनको क्रममा युवाहरूको मृत्यु भएको घटनालाई पनि उठाउँदै हत्यामा संलग्नहरूलाई सरकारले अहिलेसम्म नपक्रिएकोप्रति असन्तोष जनाए।

प्रतिकृया