• १ असोज २०८३, बिहीबार
  • ९ः३५ बिहान

ओलीको आरोप: सुशीला कार्की नेतृत्वको सरकार नेपाली जनताको होइन

प्रकाशित मिति

२०८२ आश्विन २३ गते, बिहीबार ०५:०२

असोज २३, २०८२ काठमाडौं–  नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारमाथि कडा आरोप लगाएका छन्। उनले अहिलेको सरकार नेपाली जनताको नभई अर्कै शक्तिको इशारामा चलेको दाबी गरेका छन्।

National Life

एमाले भक्तपुर जिल्ला कमिटीले बिहीबार गुण्डुमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, “यो नेपालीको सरकार होइन।”
ओलीले गृहमन्त्रीलाई आफूले नचिनेको भन्दै ‘सम्हालिन’ सुझाव दिए। उनले राजनीतिलाई ‘ख्यालठट्टा’ नठान्न चेतावनीसमेत दिए। “अहिलेकै प्रधानमन्त्रीले प्रधानमन्त्री बन्न संसद् भंग गर्न सर्त राख्नुभएको थियो,” उनले भने, “संविधानले प्रधानन्यायाधीश वा न्यायाधीश भइसकेको व्यक्तिले प्रधानमन्त्री वा मन्त्रीको कुर्सीमा बस्न मिल्दैन भने पनि अहिले त्यो उल्लंघन गरिएको छ।”

प्रतिकृया