• २० असोज २०८३, मंगलबार
  • २ः१७ दिउँसो

बाढीपहिरोबाट क्षतिग्रस्त संरचना पुनर्निर्माणमा १२ अर्बभन्दा बढी खर्च अनुमान

प्रकाशित मिति

२०८२ आश्विन २२ गते, बुधबार १०:१२

असोज २२, २०८२  काठमाडौं– असोज १८, १९ र २० गतेको बाढीपहिरो तथा अघिल्ला विपद्‌का कारण क्षति पुगेका सडक संरचनाको पुनर्निर्माणमा करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार, मुख्य राजमार्ग, वैकल्पिक सडक, बेलिब्रिज र स्थायी पुल पुनर्निर्माणमा मात्र १० अर्ब ६८ करोड रुपैयाँ खर्च हुने आंकलन गरिएको छ। अघिल्लो वर्षको विपद्का बाँकी संरचना पुनर्निर्माणमा अझै १ अर्ब ७० करोड रुपैयाँ आवश्यक छ।

National Life

मन्त्री कुलमान घिसिङले सडक सञ्चालनलाई उच्च प्राथमिकतामा राखेर उपकरण र जनशक्ति परिचालन गरिएको र नियमित अनुगमन भइरहेको जानकारी दिएका छन्। सबैभन्दा धेरै क्षति राजमार्गहरूमा पुगेको छ। मेची राजमार्ग पुनर्निर्माणमा मात्रै १ अर्ब ५० करोड लाग्नेछ भने कोशी, मध्यपहाडी, हुलाकी, अरनिको, कान्ति र नारायणघाट-मुग्लिङ राजमार्गमा झन्डै ३ अर्ब ७७ करोड रुपैयाँ खर्च हुने अनुमान छ।

त्यस्तै, १७ वटा स्थायी पुलको पुनर्निर्माणमा ४ अर्ब ५२ करोड, बेलिब्रिजहरूमा ८० करोड, र वैकल्पिक सडकहरूमा १ अर्ब ५९ करोड रुपैयाँ लाग्नेछ। सरकारले अवरुद्ध संरचना छिटो सञ्चालनमा ल्याउन तीव्र गतिमा पुनर्निर्माण कार्य अघि बढाइरहेको बताइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया