• २० असोज २०८३, मंगलबार
  • २ः१७ दिउँसो

भारतमा बालबालिकाको मृत्यु गराउने सिरप नेपालमा दर्ता छैन : औषधि व्यवस्था विभाग

प्रकाशित मिति

२०८२ आश्विन २२ गते, बुधबार ०९:२२

असोज २२, २०८२  काठमाडौं– भारतमा कोल्ड्रीफ काफ सिरप सेवनपछि बालबालिकाको मृत्यु भएको घटनाप्रति औषधि व्यवस्था विभागले गम्भीर ध्यानाकर्षण जनाउँदै उक्त औषधि नेपालमा दर्ता नभएको स्पष्ट पारेको छ।

National Life

विभागले यस्ता घटना दोहोरिन नदिन २०७९ सालमै इथाइलिन ग्लाइकोल र डाइइथिलिन ग्लाइकोल मिसावट परीक्षण अनिवार्य गर्ने व्यवस्था गरेको जनाएको छ।
डब्लुएचओको सिफारिस अनुसार विभागले हालै मौखिक प्रयोगका झोल औषधिहरूमा ती विषालु तत्वको परीक्षण गर्न सबै उत्पादक, आयातकर्ता, विक्रेता र चिकित्सकहरूलाई निर्देशन दिएको छ।

दुई वर्षमुनिका बालबालिकालाई खोकीको औषधि सिफारिस गर्दा वैज्ञानिक प्रमाणको आधारमा मात्र सिफारिस गर्न समेत आग्रह गरिएको छ। विभागले सर्वसाधारणलाई चिकित्सकको सल्लाहबिना औषधि नदिन अनुरोध गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया