• २० असोज २०८३, मंगलबार
  • २ः१७ दिउँसो

जेन–जी मुभमेन्ट अलायन्सद्वारा अख्तियार प्रमुख प्रेमकुमार राईको राजीनामा माग

प्रकाशित मिति

२०८२ आश्विन २१ गते, मंगलवार ०३:५३

असोज २१, २०८२ काठमाडौं- जेन–जी मुभमेन्ट अलायन्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईको राजीनामा माग गर्दै मंगलबार आयोगमा दबाब पत्र दर्ता गराएको छ। १० भन्दा बढी युवाहरूको समूह मिलेर बनेको जेन–जी मुभमेन्ट अलायन्सले संयुक्त रूपमा आयोग पुगेर राई र अन्य आयुक्तहरूका नाममा राजीनामाको माग गर्दै दबाब पत्र बुझाएको हो। युवाहरूको दबाबपछि अख्तियारले उक्त पत्र दर्ता गरेको छ।

National Life

जेन–जी युवा अगुवा रिजन राना मगरका अनुसार, प्रमुख आयुक्त राईका गतिविधिहरू राजनीतिक रूपमा पक्षपाती देखिएको र वाइडबडी घोटालासहितका ठूला भ्रष्टाचार मुद्दामा उनको नाम मुछिएको भन्दै नैतिकताको आधारमा राजीनामा दिन आग्रह गरिएको हो। “देशको प्रमुख भ्रष्टाचार अनुगमन निकायमा नै बसेका व्यक्तिहरूमाथि विश्वास गुमिसकेको छ,” मगरले भने, “राईसहित सबै आयुक्तहरूले राजीनामा दिएर बाटो खोल्नुपर्छ।”

अलायन्सले आयोगमा निष्पक्ष, स्वतन्त्र र सक्षम व्यक्तिहरूको नियुक्ति गर्नुपर्ने माग राखेको छ। साथै, पदमुक्त भएका पदाधिकारीहरूलाई समेत आवश्यक परे अनुसन्धानको दायरामा ल्याइनुपर्ने उल्लेख गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया