• २० असोज २०८३, मंगलबार
  • २ः१७ दिउँसो

दशैंपछि खुलेको सेयर बजार ५८ अंकले घट्यो, कारोबार कति ?

प्रकाशित मिति

२०८२ आश्विन २१ गते, मंगलवार ०३:३५

असोज २१, २०८२ काठमाडौं- दशैंपछिको पहिलो कारोबारको दिन शेयर बजारभा भारी गिरावट आएको छ । पछिल्लो समयको राजनीतिक घटनाक्रम र बाढीपहिरोले सूचीकृत कम्पनीको कारोबारम गिरावट ल्याएसँगै बजार प्रभावित बनेको हो ।

National Life

मंगलबार शेयर बजार ५८.५५ अंकले घटेर २६०४.९६ को बिन्दुमा कायम भएको छ । बजार घटेसँगै आज विभिन्न सेक्टरका ३२६ वटा कम्पनीको १ करोड तीन लाख कित्ता शेयर कारोबार हुदाँ चार अर्ब ६२ करोड ९० लाख रुपैयाँको कुल कारोबार भएको छ ।

आज कारोबार भएका सम्पूर्ण उपसूचकहरु राताम्मे बनेका छन् । जसमा २३५ वटा कम्पनीको शेयरमूल्यमा भारी गिरावट आएको छ भने जम्मा १६ वटाको मात्र शेयरमूल्य बढेको छ । मंगलबार युनियन हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया