• २० असोज २०८३, मंगलबार
  • २ः१७ दिउँसो

बाढीपहिरो प्रभावितलाई सरकारद्वारा तत्काल ५० हजार राहत

प्रकाशित मिति

२०८२ आश्विन २१ गते, मंगलवार ०४:१७

असोज २१, २०८२ काठमाडौं- सरकारले असोज ११ र १२ गतेको अविरल वर्षाबाट प्रभावित बाढीपहिरो पीडित परिवारलाई अस्थायी आवास निर्माणका लागि ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। मंगलबार प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले उक्त निर्णय गरेको हो।

National Life

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टका अनुसार, बैठकले राहत कार्यलाई थप प्रभावकारी, द्रुत र व्यवस्थित बनाउन आवश्यक निर्णयहरू गरेको छ।

“घर भत्किएका परिवारलाई तत्काल अस्थायी आवास निर्माणका लागि ५० हजार रुपैयाँ उपलब्ध गराइनेछ,” भट्टले जानकारी दिए। साथै, मृतक, बेपत्ता र घाइते भएका पीडितका परिवारलाई दिइने अर्थिक सहायता पनि तत्काल निकासा गर्ने निर्णय भएको उनले बताए।

Classic Tech Mobile
Classic Tech Desktop

बैठकले बाढीपहिरोबाट क्षति पुगेका पूर्वाधारहरूको पुनर्निर्माण, अस्थायी तथा स्थायी वासस्थानको व्यवस्था, र राहत वितरणमा प्राधिकरणको मापदण्डअनुसार नै काम गर्ने निर्णय गरेको छ। सरकारले राहत तथा पुनःस्थापनाका काममा समन्वयात्मक र द्रुत कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ।

प्रतिकृया