• ३१ भदौ २०८३, बुधबार
  • ९ः३९ राती

कोजाग्रत पूर्णिमामा लक्ष्मीको स्वागत, दशैंलाई दिइयो बिदा

प्रकाशित मिति

२०८२ आश्विन २० गते, सोमबार ०६:११

असोज २०, २०८२ काठमाडौं- आज आश्विन शुक्ल पूर्णिमा, नेपाली हिन्दू धर्मावलम्बीहरूले कोजाग्रत पूर्णिमा धूमधामका साथ मनाउँदै छन्। यो दिनलाई दशैंको समापन तथा धनकी देवी महालक्ष्मीको स्वागत गर्ने पर्वका रूपमा लिइन्छ। आजको दिन रातभर जाग्राम बसेर देवी महालक्ष्मीको पूजाराधना गरिन्छ। धार्मिक विश्वास अनुसार, जाग्राम बसेको घरमा लक्ष्मीले भ्रमण गरी धन-धान्य, ऐश्वर्य र सम्पन्नता प्रदान गर्ने बताइन्छ।

National Life

यस पर्वसँगै १५ दिन लामो दुर्गा पक्ष, अर्थात् बडादशैंको विधिवत् समापन हुन्छ। आश्विन शुक्ल दशमीदेखि सुरु भएको टीका–जमरा लगाउने कार्य आज पूर्णिमाका दिन अन्त्य हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। आज बेलुकीसम्म पनि देवीको प्रसादको रूपमा टीका र जमरा लगाउन सकिने धार्मिक मान्यता छ — जबसम्म अखिल बलि पूर्ति नहुन्जेल।

आज बिहानै दशैंघरमा पूजित फूल, प्रसाद र जमरा आदि वस्तुहरू नजिकको नदी, पोखरी वा तीर्थस्थलमा विसर्जन गर्ने चलन रहिआएको छ। यो पूर्णिमालाई ‘कौमुदी’ पूर्णिमा पनि भनिन्छ, जसको अर्थ शीतल चन्द्रमाको उज्यालो हो। लक्ष्मीपूजाको १५ दिनअघि नै महालक्ष्मीको आराधना हुने भएकाले यस दिनको धार्मिक र सांस्कृतिक महत्व अत्यधिक रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

भोलिदेखि कात्तिक स्नान सुरु हुने तथा आकाशदीप दान गर्ने परम्परा समेत छ। यसरी आजको दिनलाई दशैंको बिदासँगै तिहारको तयारी सुरु हुनेछ।

प्रतिकृया