• ४ साउन २०८३, सोमबार
  • १०:३१ बेलुका

पहिरोले इलाममा १७ जनाको लियो ज्यान

प्रकाशित मिति

२०८२ आश्विन १९ गते, आईतवार ११:१२

असोज १९,२०८२ काठमाडौं- लगातारको वर्षासँगै आएको भीषण बाढीपहिरोले इलाम जिल्लामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। हालसम्म प्राप्त विवरण अनुसार बाढी र पहिरोमा परी १७ जनाले ज्यान गुमाएका छन् भने कयौं मानिस हराइरहेका छन्।

इलामका विभिन्न स्थानीय तहहरू — इलाम नगरपालिका, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका, माङसेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिका — मा मानवीय क्षति अत्यधिक भएको छ। इलाम नगरपालिका–६ घोस मा डम्बर बहादुर तामाङको घर पहिरोले पुरिँदा ६ जनाको ज्यान गएको छ। घटनास्थलमा सशस्त्र प्रहरी बलको श्रीअन्तु गणबाट उद्धार टोली खटिएको थियो।

Kamana Sewa

सूर्योदय नगरपालिका–१ मानेभञ्ज्याङ मा राजु क्षेत्रीको घर पहिरोले पुरिँदा पाँच जनाको मृत्यु भएको छ। चार जनाको शव घरको भग्नावशेषबाट निकालिएको थियो भने एक घाइतेको अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो। उद्धारमा सशस्त्र प्रहरी नायव निरीक्षक सुरेन्द्र डोटेलको कमाण्डमा ७ सदस्यीय टोली खटिएको थियो। देउमाई नगरपालिका–५ घुसेनी मा दीपक लिम्बुको घर पहिरोले पुरिँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना अझै बेपत्ता छन्। एक जनालाई सकुशल उद्धार गरिएको जनाइएको छ।

Classic Tech Desktop

माङसेबुङ गाउँपालिका–५ पार्टीगाउँ मा मदन लिम्बुको घरमा पहिरो जाँदा तीन जनाको ज्यान गएको छ। फाकफोकथुम गाउँपालिका–३ रातोमाटे मा सुरेश लिम्बु (३२) को पनि पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्लाका विभिन्न स्थानहरूमा उद्धार कार्य जारी रहे पनि लगातारको वर्षाका कारण चुनौती बढिरहेको छ। स्थानीय प्रशासन, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेना राहत तथा उद्धारमा खटिएका छन्। प्राकृतिक प्रकोपबाट पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै स्थानीय तथा संघीय सरकारले तत्काल राहत र पुनःस्थापना प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएको छ।

प्रतिकृया