नेपाल बीमा प्राधिकरणमा एक वर्षमै पाँच अध्यक्ष
प्रकाशित मिति
२०८२ आश्विन १४ गते, मंगलवार ०७:३७
काठमाडौं, असोज १४ — नेपाल बीमा प्राधिकरण नेतृत्वमा अस्थिरता देखिएको छ। पछिल्लो नियुक्तिसँगै एक वर्षको अवधिमा प्राधिकरणमा पाँच जना अध्यक्ष फेरिएका छन्। हालै आन्तरिक राजश्व विभागका उपमहानिर्देशक जनक शर्मा प्राधिकरणको अध्यक्षमा नियुक्त भएसँगै यो संख्या पुगेको हो।
गत वर्षको तिहार अघिसम्म सूर्यप्रसाद सिलवाल अध्यक्ष पदमा थिए। तर उमेर विवादमा छानबिनमा तानिएपछि उनले कार्यकाल समाप्त हुनु पूर्वै पदबाट बाहिरिए। त्यसपछि क्रमशः मदन दाहाल, शरद ओझा, सेवन्तक पोखरेल हुँदै हाल जनक शर्मा अध्यक्ष बनेका हुन्।

शरद ओझाको नियुक्तिपछि विवाद झन चुलिएको थियो। उनी पनि छानबिनमा परेपछि बर्खास्त गरिए, तर उनले उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरे। अदालतले बर्खास्ती कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। तर अर्थ मन्त्रालयले मन्त्रालयको सहमति बिना हाजिर भएको भन्दै उनलाई हाजिरीमा रोक लगाएको थियो।

हाल मन्त्रालयको बुझाइ अनुसार, अदालतले बर्खास्ती कार्यान्वयन रोकिए पनि निलम्बनको निर्णय भने कायम छ, जसका कारण ओझा अझै निलम्बित अवस्थामा छन्।
ओझाको निष्क्रियतापछि प्राधिकरणको नेतृत्व सेवन्तक पोखरेलले लिएका थिए। तर केही दिनअघि पोखरेलको ठाउँमा जनक शर्मालाई प्रतिनिधि पठाएर अध्यक्षको जिम्मेवारी दिइएको छ। शर्मा यसअघि ठूला करदाता कार्यालयका प्रमुख पनि भइसकेका छन्।
बीमा प्राधिकरणका कर्मचारीहरूले अर्थमन्त्री रामेश्वर खनालसमक्ष स्थायित्वको अभावका कारण प्राधिकरणको दैनिक कामकाजमा गम्भीर असर परेको भन्दै ध्यानाकर्षण गराइसकेका छन्। लगातार अध्यक्ष परिवर्तन हुँदै जाँदा नीतिगत निर्णयदेखि कार्यान्वयनसम्म अनिश्चितता बढेको प्राधिकरणभित्रको आवाज छ।
निष्कर्ष




प्रतिकृया