• ३१ भदौ २०८३, बुधबार
  • १०ः१३ राती

इटहरीमा श्रीमानद्वारा श्रीमतीको हत्या

प्रकाशित मिति

२०८२ आश्विन १४ गते, मंगलवार ०७:४७

काठमाडौं, असोज १४ — सुनसरीको इटहरीमा घरेलु विवादका क्रममा श्रीमानले कुटपिट गरी श्रीमतीको हत्या गरेका छन्। खोटाङकी २५ वर्षीया अनिसा भट्टराईको कुटपिटबाट मृत्यु भएको हो। अनिसा खोटाङको ऐसलुखर्क गाउँपालिका–१ स्थायी घर भई हाल इटहरी उपमहानगरपालिका–१२ मा श्रीमान सुमन दाहालसँग डेरामा बस्दै आएकी थिइन्।

National Life

इलाका प्रहरी कार्यालय इटहरीका अनुसार सुमन दाहालले घरेलु विवादका क्रममा अनिसाको टाउको, नाक र कानमा काठको बटमले प्रहार गरेका थिए। घटनापछि गम्भीर घाइते भएकी अनिसालाई प्रहरीले उद्धार गरी उपचारका लागि विराटनगरस्थित विराट मेडिकल कलेज शिक्षण अस्पताल पुर्‍याएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी नायव उपरीक्षक (डीएसपी) सुवास हमालले जानकारी दिए।

घटनापछि फरार हुन खोजेका सुमन दाहाललाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको छ। उनलाई इलाका प्रहरी कार्यालय इटहरीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटना पछाडि पारिवारिक विवाद मुख्य कारण देखिएको छ। घटनास्थलको अनुसन्धानसँगै कानुनी प्रक्रिया अघि बढाइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया