• १ असोज २०८३, बिहीबार
  • १ः०३ राती

अख्तियारमा चालु आर्थिक वर्षमा ६ हजार ७८६ उजुरी, साउनमा मात्र ३ हजार ९२२

प्रकाशित मिति

२०८२ आश्विन १४ गते, मंगलवार ०७:२३

काठमाडौं, असोज १४ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा चालु आर्थिक वर्ष २०८२/८३ को सुरुवाती तीन महिनाभित्र हालसम्म ६ हजार ७८६ वटा उजुरी दर्ता भएका छन्। आयोगका अनुसार आर्थिक वर्षको पहिलो महिना साउनमै मात्रै ३ हजार ९२२ वटा उजुरी प्राप्त भएका थिए। तीमध्ये आयोगको वेबसाइटमार्फत १ हजार १७६ उजुरी दर्ता गरिएका थिए। आयोगले आफ्नै वेबसाइट, ईमेल, टेलिफोन, हुलाक र प्रत्यक्ष लिखित निवेदनमार्फत उजुरी संकलन गर्दै आएको छ।

National Life

साउन महिनामा उजुरी संकलनमा ईमेलमार्फत ९४३, लिखित निवेदन ८८९, हुलाकमार्फत ६५३, टेलिफोनमार्फत १५१ वटा भएको छ । भदौ महिनामा आयोगमा २ हजार २७६ उजुरी दर्ता भएका छन्। तीमध्ये वेबसाइटमार्फत ७१७, लिखित निवेदन ५२४, ईमेलमार्फत ५२४, हुलाकमार्फत ३६६,असोज १३ गतेसम्म आयोगमा थप ५८८ वटा उजुरी दर्ता भएका छन्।

अख्तियारले उजुरीहरूको विश्लेषणका आधारमा सरकारी निकायहरूमा भइरहेको दुरुपयोग, ढिलासुस्ती र अनियमितताविरुद्धको सार्वजनिक चासो तीव्र बनेको संकेत दिएको छ। आयोगले उजुरीहरूको छानबिनका लागि आवश्यक प्रक्रिया अघि बढाइएको जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया