• १ असोज २०८३, बिहीबार
  • १ः३१ राती

अर्घाखाँचीमा फोर्स गाडी दुर्घटना, २ बालबालिकाको मृत्यु, २४ घाइते

प्रकाशित मिति

२०८२ आश्विन १३ गते, सोमबार १०:०६

असोज १३, २०८२ काठमाडौं– अर्घाखाँचीको सन्धिखर्क–९ टारीमा आज बिहान फोर्स गाडी दुर्घटना हुँदा दुई बालबालिकाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्। बुटवलबाट गुल्मीको पुर्कोटदहतर्फ जाँदै गरेको लु १ ज ४७२४ नम्बरको फोर्स गाडी बिहान सन्धिखर्क–९ टारीमा दुर्घटनामा परेको हो। दुर्घटनामा परी गुल्मी मदाने गाउँपालिका–६ पुर्कोटकी १० वर्षीया अरुणा थापा र मदाने–७ नेटा खर्कका १३ वर्षीय नारायण पौडेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख दिवस जिसीले जानकारी दिए।

National Life

घटनामा घाइते भएका २४ जना यात्रुहरूमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। गम्भीर घाइतेमध्ये एकजनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ भने अन्यको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ।

गाडी कुन कारणले दुर्घटना भयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। गाडीमा कति जना यात्रु सवार थिए भन्नेबारे थप विवरण संकलन भइरहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया