• ३१ भदौ २०८३, बुधबार
  • ९ः११ राती

आज देशभर बदलीसहित वर्षाको सम्भावना, पहाडी क्षेत्रमा भारी वर्षा

प्रकाशित मिति

२०८२ आश्विन १३ गते, सोमबार ०९:४६

असोज १३, २०८२ काठमाडौं– जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशभर मौसम आंशिकदेखि सामान्य बदली रहने जनाउँदै केही क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको जनाएको छ। हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर भए पनि स्थानीय वायूको प्रभाव सक्रिय रहेको विभागले जनाएको छ। त्यसकै कारण अहिले सबै प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रहनुका साथै केही स्थानमा हल्का वर्षा भइरहेको छ।

National Life

महाशाखाका अनुसार, आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा, साथै बाँकी प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, तराई भूभागका एकदुई स्थानमा पनि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

विशेषगरी, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले सुझाव दिएको छ।
रातिको मौसम पनि उत्तिकै चञ्चल रहने देखिएको छ। आज राति गण्डकी र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने अन्य भूभागमा आंशिक बदलीको सम्भावना छ।

Classic Tech Mobile
Classic Tech Desktop

रातिको समय पनि गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरू, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा, साथै अन्य प्रदेशका एकदुई स्थानमा पनि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिकृया