• २० असोज २०८३, मंगलबार
  • ४ः१६ बेलुका

फेरि खस्यो तुइनखोलामा भयंकर पहिरो, राजमार्ग पूर्ण अवरुद्ध

प्रकाशित मिति

२०८२ आश्विन ७ गते, मंगलवार ०५:४९

असोज ७, २०८२ काठमाडौं– नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा फेरि भयंकर सुख्खा पहिरो खसेको छ । आज दिउँसो ३ः२० बजे खसेको सुक्खा पहिरोले सडक पूर्णरूपमा अवरुद्ध भएको हो ।

National Life

चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकमा माथिबाट ठूलो सुख्खा पहिरो निरन्तर खसी रहेकोले दुईतर्फ सडक अवरुद्ध भएको चितवनको एसपी गोविन्द पुरीले जानकारी दिएका छन ।

पहिरो निरन्तर खसिरहेकाले सडक नै भासिन सक्ने जोखिम रहेकोले सवारीसाधनलाई फिर्ता गरेर वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको उनले जानकारी दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

ठूलो सुक्खा पहिरो सडकमाथिबाट निरन्तर खसिरहेकोले पन्छाउन पनि कठिनाइ भएको उनले बताए । तुइनखोलामा शुक्रबार साँझ ६ः ०० बजेदेखि निरन्तर खुक्खा पहिरो खसिरहेको छ । निरन्तर खसेको सुक्खा पहिरो पन्छाएर राजमार्ग खुलाइए पनि मंगलबार अपरान्ह फेरि सुक्खा पहिरो खसेको हो ।

प्रतिकृया