मनोज केसी सीआईबी प्रमुखमा नियुक्त
प्रकाशित मिति
२०८२ आश्विन ५ गते, आईतवार ०९:५२
असोज ५, २०८२ काठमाडौं– सरकारले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रमुखमा नियुक्त गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई सीआईबीको नेतृत्वमा ल्याउने निर्णय गरेको हो। नक्कली भुटानी शरणार्थी प्रकरणमा सक्रिय भूमिका खेलेका केसी यसअघि प्रहरीको प्रदेश समन्वय विभागमा कार्यरत थिए।

यसअघि सीआईबीको नेतृत्व गरेका चन्द्र कुवेर खापुङ प्रहरी महानिरीक्षकमा पदोन्नति भएपछि ब्युरो कार्यवाहक नेतृत्वमा सञ्चालन हुँदै आएको थियो। मनोज केसीले उक्त शरणार्थी प्रकरणमा अनुसन्धान गर्दै पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित उच्च पदस्थ व्यक्तिहरुलाई पक्राउ गर्ने प्रक्रियामा भूमिका निर्वाह गरेका थिए। सोही कारण उनी पछिल्लो एमाले–कांग्रेस गठबन्धन सरकारमा सक्रिय भूमिकामा देखिएका थिएनन्।
Related
Recent News
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
- त्रिशूली–३ ‘ए’ सुरुङमा सेनासँगै प्राधिकरणका प्राविधिक पनि प्रवेश
- रसुवा बाढीमा घाइते थप दुई जनाको मृत्यु
- मेदान्ता-द मेडिसिटी हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया