• २२ भदौ २०८३, सोमबार
  • ४ः२४ बिहान

जेन्जी आन्दोलनमा नख्खु कारागारबाट भागेका तामाङले गरे आफ्नै श्रीमतीको हत्या

प्रकाशित मिति

२०८२ आश्विन ५ गते, आईतवार ०४:५२

असोज ५, २०८२ काठमाडौं– जेन्जी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका सन्तबहादुर तामाङले आफ्नै श्रीमतीको हत्या गरेका छन् । श्रीमती ३० वर्षीया मनीषा तामाङको हत्या गरेका गरेका हुन् ।

National Life

काभ्रेको पनौती नगरपालिका वडा नम्बर १२ गागलका वर्ष ३५-३६ का सन्तबहादुर तामाङले आफ्नै श्रीमती ३० वर्षीय मनिषा घ्यावा तामाङको हत्या गरेको वडा अध्यक्ष जयराम केसीले जानकारी दिए । वडा अध्यक्षका अनुसार, हत्यापछि महिलाको शव घरनजिक खाल्डोमा गाडिएको अवस्थामा फेला परेको छ ।

अध्यक्ष केसीले भने, ‘‘हामी अहिले प्रहरीको रोहबरमा उत्खनन् गर्ने काम गरिराखेका छौँ । महिलाको चप्पल फेला परेको छ । थप बुझ्ने काम भइरहेको छ ।’’हत्यापछि तामाङ भने फरार छन् ।

Classic Tech Desktop

प्रतिकृया