• २० असोज २०८३, मंगलबार
  • ५ः४० बेलुका

खाद्य कम्पनीले दसैँका लागि खसीबोका र च्याङ्ग्रा बिक्री योजना गर्‍यो स्थगित

प्रकाशित मिति

२०८२ आश्विन ४ गते, शनिबार ०२:१८

असोज ४, २०८२ काठमाडौं– जेनजी आन्दोलन र पछिल्लो समयको प्रतिकूल परिस्थितिका कारण व्यापार कम्पनी लिमिटेड (खाद्य कम्पनी) ले यो वर्षको दसैँका लागि ल्याउने योजना बनाइएको खसीबोका र च्याङ्ग्राको सहुलियत बिक्री योजना स्थगित गरेको छ।

National Life

कम्पनीका खरिद विभाग प्रमुख अनन्तराज न्यौपानेका अनुसार सामाजिक सञ्जाल बन्द, अनलाइन बुकिङमा देखिएको समस्यासहित समन्वयको कठिनाइले गर्दा योजना कार्यान्वयन गर्न नसकिने अवस्था आएको हो। यो वर्ष खसीबोका र च्याङ्ग्रा नल्याउने निर्णय भएको न्यौपानेले जानकारी दिए । अनलाइन बुकिङ खुला गरेपछि सामाजिक सञ्जाल बन्द भयो जस्ले गर्दा प्रचारप्रसार हुन पाएन। झन्डै ४० वटा मात्रै अर्डर आयो। त्यसपछि आन्दोलनले थप असर गर्दा स्थगित गर्न बाध्य भएको बताए ।

खाद्य कम्पनीले यस वर्ष १,५०० खसीबोका र ३०० च्याङ्ग्रा खरिद गर्ने योजना बनाएको थियो। यस्तै, प्रतिगोटा खसीबोका बुकिङको लागि ४,००० र च्याङ्ग्राका लागि ५,००० रुपैयाँ अग्रिम शुल्क तोकिएको थियो। भदौ १७ गतेदेखि ३० गतेसम्म अनलाइनमार्फत बुकिङ खुला गरिएको भए पनि सामाजिक सञ्जाल बन्दले गर्दा सेवा प्रभावित भएको कम्पनीले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

साथै, अविरल वर्षाका कारण बाढी, पहिरोले सडक अवरुद्ध हुँदा ढुवानीमा समेत समस्या देखिएको छ। सबै प्रक्रिया पूरा गर्न समय अभाव भएकाले अन्ततः योजना स्थगित गरिएको कम्पनीले जनाएको छ।

कम्पनीले खसीबोका तथा च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ छुट दिने घोषणा पनि गरेको थियो। अब बुकिङ गरिसकेका उपभोक्ताहरूलाई अग्रिम शुल्क फिर्ता गरिने कम्पनीले जनाएको छ।

प्रतिकृया