• ४ साउन २०८३, सोमबार
  • ८:३१ बेलुका

नेपालगन्जमा खसी किन्ने विवादले उग्र रूप लिँदा एक जनाको मृत्यु,५ जना घाइते

प्रकाशित मिति

२०८२ आश्विन ४ गते, शनिबार ०२:४६

असोज ४, २०८२ काठमाडौं– बाँकेको नेपालगन्जमा खसी किन्ने क्रममा भएको विवादले उग्र रूप लिँदै झडपमा परिणत हुँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार झडपका क्रममा घाइते भएका ५२ वर्षीय जाबिद अली बेहनाको उपचारका क्रममा निधन भएको हो।

घटनामा संलग्न दुबै समूह आफन्त रहेको प्रहरीले जनाएको छ। शुक्रबार बिहान नेपालगन्ज उपमहानगरपालिका–५ मा एक समूहले बैना गरेर राखेको खसी अर्को समूहले खरिद गरेपछि विवाद चर्किएको थियो। त्यसक्रममा ढुंगामुढा सुरु भएको र जाबिदको टाउकोमा लागेको चोटका कारण अवस्था गम्भीर बनेको प्रहरीले जनाएको छ।

Kamana Sewa

जाबिदलाई तत्कालै अस्पताल लगिए पनि सञ्जीवनी मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी दीपक पातलीले जानकारी दिए। घटनामा अन्य पाँच जना घाइते भएका छन्। तीमध्ये चार जना उपचारपछि घर फर्किएका छन् भने एक जनालाई थप उपचारका लागि भारत लगिएको छ।

Classic Tech Desktop

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा नेपालगन्जका मुस्ताफ अली बेहना, सेराज अली बेहना, ईस्थाक अली बेहना र चाँदबावु बेहनालाई नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानमा दुबै समूहबीच नातेदारी सम्बन्ध (सालो–भेना) रहेको पाइएको प्रहरीले जनाएको छ।

प्रतिकृया