• ५ असोज २०८३, सोमबार
  • ४ः०८ बेलुका

देशका केही पहाडी भूभागमा मध्यम वर्षाको सम्भावना

प्रकाशित मिति

२०८२ आश्विन ५ गते, आईतवार ०९:०८

असोज ५, २०८२ काठमाडौं– हाल देशमा मनसुनी वायुको प्रभाव केही कमजोर भए तापनि स्थानीय वायुले आंशिक प्रभाव पारिरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागहरूमा साधारणतया बदली रहनेछ भने अन्य क्षेत्रहरूमा आंशिक बदली रहने अनुमान गरिएको छ।

National Life

यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा अन्य प्रदेशका पहाडी भागहरूका केही स्थान र बाँकी तराई क्षेत्रका एकदुई स्थानहरूमा मध्यम खालको वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज रातिसमेत ती प्रदेशका पहाडी भूभागहरूमा साधारणतया बदली रहनेछ भने अन्य क्षेत्रहरूमा आंशिक बदली रहने बताइएको छ। पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो) को सम्भावना रहेको हुँदा महाशाखाले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

वर्षाका कारण साना तथा ठूला नदी-नालामा पानीको सतह बढ्न सक्ने र यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने महाशाखाको अनुमान छ। यस सन्दर्भमा महाशाखाले सबैलाई आवश्यक सतर्कता अपनाउन र पूर्वतयारीमा जुट्न अनुरोध गरेको छ।

प्रतिकृया