• २ असोज २०८३, शुक्रबार
  • ७ः२७ बेलुका

भाटभटेनी सुपरस्टोरले कर्मचारी ननिकाल्ने, दसैँमा भत्ता दिने

प्रकाशित मिति

२०८२ आश्विन ३ गते, शुक्रबार ०६:५३

असोज ३, २०८२ काठमाडौं– जेनजी आन्दोलनका क्रममा ठूलो क्षति व्यहोरेको भाटभटेनी सुपरस्टोरले आफ्ना कर्मचारीलाई जागिरबाट ननिकाल्ने निर्णय गरेको छ। कम्पनीले हाल कार्यरत करिब १० हजार कर्मचारीको रोजगारी सुरक्षित रहने स्पष्ट पारेको हो।

National Life

गत भदौ २४ गतेको आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण भाटभटेनीका १२ वटा शाखा तत्काल सञ्चालनमा ल्याउन नसकिने अवस्थामा पुगेका थिए। तीमध्ये उपत्यकाका नक्साल, महाराजगञ्ज, बौद्ध (चुच्चेपाटी), कोटेश्वर, बालुवाटार र उपत्यका बाहिरका पोखरा, चितवन, हेटौँडा, बिर्तामोड, दमक, विराटनगर तथा धरानका शाखाहरू छन्। यी सबै शाखा पूर्ण पुनर्निर्माणपछि मात्र सञ्चालनमा आउने कम्पनीले जनाएको छ।

यद्यपि, कम्पनीले ती शाखामा कार्यरत कर्मचारीलाई जागिरबाट हटाउने निर्णय नगरेको छ। बरु, उनीहरूलाई सञ्चालनमा रहेका अन्य शाखाहरूमा समायोजन गर्ने योजना बनाइएको छ। आगामी दसैँ पर्वलाई लक्षित गर्दै कर्मचारीहरूलाई विशेष भत्ता प्रदान गर्ने योजना समेत कम्पनीले अघि सारेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

कम्पनीको यो निर्णयले संकटका बेला पनि कर्मचारीको सुरक्षालाई प्राथमिकता दिएको सकारात्मक सन्देश दिएको छ

प्रतिकृया